थानकोट चुनदेवीमा नेपाली सेनाले बनाएको प्रतिक्षालय स्थानीयलाई हस्तान्तरण
थानकोट ।
नागरिक र नेपाली सेनाको सम्बन्ध अभिवृद्धि गर्न चन्द्रागिरि नगरपालिका ४ थानकोट चुनदेवीमा नेपाली सेनाको उपत्यका पृतना तालिम शिक्षालयले निर्माण गरेको प्रतिक्षालय स्थानीयलाई हस्तान्तरण गरिएको छ।
शुक्रबार बिहान एक कार्यक्रमका बीच चन्द्राागिरि नगरपालिका वडा नं. ४ थानकोटका वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको उपस्थितिमा नेपाली सेनाका प्रमुख सेनानी सुरज बस्न्यातले सो प्रतिक्षालय चुनदेवी मन्दिर विकास निर्माण समितिका अध्यक्ष उषा लामालाई हस्तान्तरण गर्नुभएको हो ।
प्रतिक्षालय हस्तान्तरणका क्रममा प्रमुख सेनानी बस्न्यातले नागरिक र नेपाली सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थानीय बासिहरूको चाहना बमोजीम सो संरचना निर्माण गरिएको जनाउनुभयो । शीघ्र प्रभावी याेजना ( क्वीपीआइ) अन्तर्गत साे प्रतिक्षालय बनेकाे समेत उहाँले हस्तान्तरण कार्यक्रममा जानकारी गराउनुभयाे ।
सो प्रतिक्षालय ७ लाख ४८ हजार ९ सय ५२ रूपैयाँ लागत भएको नेपाली सेनाले जनाएको छ। प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा चन्द्रागिरि नगरपालिका ४ का जनप्रतिनिधिहरू, नेपाली सेनाको उपत्यका पृतना तालिम शिक्षालयमा कार्यरत सेनाहरू लगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।













