मुख्य तथा सहायक सडक व्यवस्थापनका लागि चन्द्रागिरि नगरमा कार्यदल गठन हुने

Thankot Times

थानकोट ।

मुख्य तथा सहायक सडक व्यवस्थापनका लागि चन्द्रागिरि नगरमा कार्यदल गठन हुने भएको छ ।

आइतबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रहरी नायब महानिरीक्षक पोशराज पोखरेल लगायतको उपस्थितिमा बसेको बैठकमा चन्द्रागिरि नगर क्षेत्रमा पर्ने मुख्य तथा सहायक सडकहरूमा हुने दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन लगायतको विषयमा छलफल भएको हो ।

बैठकले सडक व्यवस्थापनका लागि तुरुन्तै कार्यदल गठन गरि बस पकेट, जेब्रा क्रसिङ, ट्राफिक लाईट र पिक एण्ड ड्रपको लागि स्थान पहिचान गर्ने लगायतका कार्य गर्ने निर्णय निर्णय गरेको नगर घनश्याम गिरीले जानकारी दिनुभयो ।

सो क्रममा सार्वजनिक सवारी साधनहरूमा फोहोरदानीको व्यवस्थापन गराउन पहल गर्ने, सवारी साधनको गति मापन गर्ने यन्त्र खरिद गरि प्रयोगमा ल्याउने लगायतका विषयमा समेत निर्णय भएको बताइएको छ ।

बढ्दो सवारी चापका तथा चालकहरूको असावधानी कारण पछिल्लो समय चन्द्रागिरि नगरमा सवारी तथा सडक दुर्घटनाको संख्या वृद्धि भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *