कुलेश्वरमा झोलामा २० लाख रूपैयाँ बोकेर हिँडिरहेका युवाले पैसाको स्रोत खुलाउन नसकेपछि…..

Thankot Times

थानकोट ।

काठमाडाैंको कुलेश्वरमा स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त कालीमाटीको टोलीले सोमबार दिउँसो कुलेश्वरबाट रकमसहित एक युवालाई नियन्त्रणमा लिएको हो।

जुम्ला घर भई हाल काठमाडौंको दक्षिणकालीमा बस्दै आएका कञ्चन खत्रीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

‘बाटोमा हिँडिरहेको अवस्थामा शङ्का लागेर चेक गर्दा रकम भेटिएको हो,’ एक प्रहरी अधिकृतले भने।

उनको साथमा रहेको झोलाबाट प्रहरीले २० लाख ५८ हजार ३ सय रुपैयाँ फेला पारेको थियो।

स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। रकम हुन्डीको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *