‘मच्छेगाउँको सम्पदा संरक्षणमा ललितपुर महानगर सहयोग गर्न इच्छुक छ’- मेयर महर्जन
थानकोट ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँका सम्पदाहरूको संवर्द्धनका लागि चासो देखाउनुभएको छ ।
पुरूषोत्तम मास मेलाको १६औं दिन बुधबार मत्स्यनारायण मन्दिर दर्शन गर्न मच्छेगाउँ आउनुभएका महानगरका मेयर महर्जनले सो क्षेत्रको सम्पदा संरक्षणका सन्दर्भमा भएका गतिविधिहरूको बारेमा समेत जानकारी लिनुभएको थियो ।
सो क्रममा मेयर महर्जनले सदियाैंदेखी अस्तित्वमा रहेका सम्पदाहरू भावी पुस्ताका लागि समेत संरक्षण गर्न अत्यावश्यक रहेको धारणा राख्नुहुँदै मत्स्यनारायण क्षेत्रको विकास एवं संरक्षणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार हुने हो भने त्यसको कार्यान्वयनमा ललितपुर महानगरले समेत अपनत्व लिने बताउनुभयो ।
हरेक अधिकमासका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहीआएको छ ।















