मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
थानकोट ।
काठमाडाैंको टोखा नगरपालिकामा मोटरसाइकलको ठक्करले एकजनाको ज्यान गएको छ ।
टोखा नगरपालिका-२ चण्डेश्वरी मन्दिर नजिक बा २५ प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खोटाङ घर भई काठमाडौं टोखा-८ बस्ने ५० वर्षीया कमला बस्नेतको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।












