धादिङमा तीव्रगतिमा हुँइकिएको माइक्रो रूखमा ठोक्किएर अडियो

Thankot Times

थानकोट ।

पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ।

मंगलबार राति भएको सो दुर्घटनामा चालकसहित १२ घाइते भएका छन्। तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा तीन महिला र नौ पुरुष छन्। छ जना गम्भीर घाइते छन्।

गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए। बच्चाको अवस्था भने सामान्य रहेको छ। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *