आज राष्ट्रिय भू-संरक्षण दिवस

थानकोट । 

आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रियाका साथै वृक्षारोपण गरेर दिवस मनाइँदैछ ।

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

विभागको स्थापनासँगै जिल्लास्तरमा भू-संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू-तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।

विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । 

संवेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *