पुरूषोत्तम मास महिनाको आज अन्तिम दिन, मत्स्यनारायण मेला पनि मध्यरातबाट सकिँदै

Thankot Times

थानकोट ।

तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला आजबाट सकिँदैछ ।

साउन २ गतेबाट सुरू मेला आज साउन ३१ गते सकिन लागेको हो । मेला मध्यरातबाट सकिनेछ ।

मेलाका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम मास मेलाको पहिलो दिनबाटै भक्तजनहरूको भीड लागेको छ ।

तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *