एसिया यू-२० रग्बीः नेपालले ३ खेलमा खायो १०८ गोल, १ गोल पनि फर्काउन सकेन

Thankot Times

थानकोट ।

नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ । शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न असफल भएको हो ।

प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा भारतसँग २८–० ले, दोस्रो खेलमा मलेसियासँग ४४–० ले र अन्तिम खेलमा हङकङसँग ३६–० ले स्तब्ध भयो ।

नेपालले अब पाँचौँ स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

महिलातर्फ पनि निराशाजनक प्रदर्शन

प्रतियोगिताको महिलातर्फ पनि डबल राउन्ड रोबिन पद्धतिमा आयोजित प्रतियोगितामा नेपालको यू-२० टोलीले तीनै खेलमा हार व्यहोर्‍यो ।

पहिलो खेलमा हङकङसँग ३४-५ ले, दोस्रो खेलमा मलेसियासँग २४-० ले र तेस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४५-० को फराकिलो अन्तरले पराजित भयो । तर, आइतबार हुने तीन खेलमा विजयी भए दोस्रो र तेस्रो हुने अवसर नेपालसँग बाँकी नै छ । महिलातर्पm लिगमा प्राप्त अंकका आधार शीर्ष तीन निर्धारण गरिनेछ ।

दुईदिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । प्रतियोगिताको शनिबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *