महिना दिनभित्र खाइसक्नु भन्दै चन्द्रागिरिका विद्यालयमा बाँडियो १ केजी हर्लिक्स
थानकोट ।
‘ब्राण्ड प्रमोशन’ भन्दै चन्द्रागिरि नगरका केही विद्यालयहरूमा हर्लिक्स बाँढिएको छ ।
१ महिनाभित्र खाइसक्नु है भन्दै विद्यार्थीहरूलाई सामुहिक रूपमा ‘आइ वाण्ट हर्लिक्स’ भन्न लगाएर हर्लिक्स दिएको विद्यार्थीहरूले बताए ।
यद्यपी भक्तपुर, सुनसरी लगायका जिल्लाका विद्यालयमा समेत यसैगरी हर्लिक्स बाँढिएको तस्बिर सार्वजनिक भएका छन्।
उपभोग्य मिति केही महिना बाँकी रहेका हर्लिक्सका बट्टाको बीच-बीचमा उपभोग्य मिति केही सातापछि समाप्त हुन लागेका हर्लिक्स वितरण भएको पाइएको अभिभावकहरूले बताए ।
यसबारेमा हर्लिक्स नेपालका प्रतिनिधिलाई सम्पर्क गरी थानकोट टाइम्सले जानकारी माग्दा ती प्रतिनिधिले उत्पादनको बजार प्रवर्द्ननका लागि सो हर्लिक्स बाँढिएको प्रतिक्रिया दिए ।












