युवा कवि राजेन्द्र श्रेष्ठको कविता सङ्ग्रह “आइ पो हाल्छ कि!” सार्वजनिक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर निवासी युवा कवि राजेन्द्र श्रेष्ठको पहिलो कविता सङ्ग्रह “आइ पो हाल्छ कि!” सार्वजनिक भएको छ ।

शनिबार वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्य समीक्षक प्रकाश सायमीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सो पुस्तकको विमोचन गरिएको हो ।

पुस्तक विमोचन समारोहमा अर्का युवा कवि आर. एम. डङ्गोलले विमोचित कृतिका कवि राजेन्द्र श्रेष्ठको कवित्व र कविता यात्राका बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा साहित्यकार तेजप्रकाश श्रेष्ठ, सङ्गीत प्रवीण धनबहादुर गोपाली, गीतकार सुन्दर पन्त, समाजसेवी प्रल्हाद रिजालले कवि राजेन्द्र श्रेष्ठलाई साहित्य यात्राका लागि शुभकामना दिनु भएको थियो।

कवि राजेन्द्र श्रेेष्ठको “आइ पो हाल्छ कि!” को प्रकाशकमा चन्द्रागिरि साहित्य समाज र सहप्रकाशकमा विनिता रञ्जित र अनिराज पोखरेल रहनु भएको छ।

चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रकाश सायमीले कविलाई अब निरन्तर रूपमा साहित्य लेखन गरी नेपाली साहित्यको श्रीवृद्धिमा लागि पर्न कवि राजेन्द्र श्रेष्ठलाई हौसला प्रदान गर्नु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *