दक्षिणकाली नगरपालिकाले ज्येष्ठ नागरिकहरूका लागि १८२७ जोर कपडा खरिद गर्दै (सूचनासहित)

Thankot Times

थानकोट ।

दक्षिणकाली नगरपालिकाले जेष्ठ नागरिकहरूको सम्मानमा कपडा वितरण गर्ने भएको छ। 

पाैष ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सम्मान कार्यक्रमका लागि भन्दै दक्षिणकाली नगरपालिकाले महिला र पुरूषका लागि गरि १८२७ जोर कपडा खरिदका लागि सिलबन्दी दरभाउ प्रस्ताव माग गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै नगरले पुरूषहरूका लागि दाैरा, सुरुवाल, जरीकोट तथा ढाका टोपी ८ सय ४२ थानका खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । यसैगरी महिलासँग सम्बन्धित ९ सय ८५ थान पोशाक खरिदका लागि समेत नगरले सिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गरेको हो ।

१५ दिन भित्र पेश गरिसक्नुपर्ने सो दर भाउको करसहितको कुल रकम ३३ लाख ५८ हजार ४ सय २२ रहेको सूचना उल्लेख छ ।

सूचना हेराैंः

7_ARTHA.indd

Leave a Reply

Your email address will not be published. Required fields are marked *