बाल दिवसका अवसरमा चन्द्रागिरि नगरस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्दै सत्यपुर यूनाइटेड
थानकोट ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित सत्यपुर यूनाइटेड क्लबले चन्द्रागिरि नगरस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
भदाै २३ गते शनिबार सतुंगलमा आयोजना हुने सो चित्रकला प्रतियोगितामा चन्द्रागिरि नगरपालिका क्षेत्रका विद्यालयमा कक्षा ७ देखी ९ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुने पाउने बताइएको छ ।
चित्रकला प्रतियोगिता बाल श्रमिक, सम्पदा र पृथ्वी बचाऔं-जीवन बचाऔं शीर्षकमा केन्द्रीत हुने आयोजक सत्यपुर यूनाइटेड क्लबले जनाएको छ ।















