स्कुटरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

Thankot Times

थानकोट ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी बजारनजिक सडकमा बा.प्र.०२-०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट  मकवानपुर रक्सीराङ गाउँपालिका-९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजाको बुधबार राति मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा प्राथमिक उपचार भइ धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *