नेपालमा राँगा र भैंसीको संख्या २९ लाख २३ हजार

Thankot Times

थानकोट ।

नेपालमा राँगा र भैंसीको संख्या कति होला ? केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार छ ।

यसअघि २०६८ को गणनामा यस्तो संख्या ३१ लाख ७४ हजार थियो ।

केन्द्रीय तथ्यांक कार्यालयकाअनुसार १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको हो ।

विवरणअनुसार राँगा र भैंसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सिमित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ