को-अपरेटिभ म्यानेजर्स क्लब काठमाडाैंको अध्यक्षमा हसना भास्तिपुर साकोसका सम्पूर्ण महर्जन
थानकोट ।
काठमाडाैंका सहकारी व्यवस्थापकहरूको साझा मञ्च को-अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित हसना भास्तिपुर साकोसका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जन चुनिएका छन् ।
मञ्चको शुक्रबार सम्पन्न दोश्रो साधारण सभाबाट अध्यक्ष पदमा महर्जन सर्वसम्मत रूपमा चुनिएका हुन् ।
नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कूनका कार्यकारी प्रमुख शिवजी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौं जिल्लाका विभिन्न साकोसहरूका व्यवस्थापकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्लबको दोश्रो साधारण सभाबाट उपाध्यक्षमा अन्जना अधिकारी, महसचिवमा एन्थोनी अमात्य, कोषाध्यक्षमा कविता महर्जन चुनिएका छन् । यसैगरी क्लबको सदस्यमा क्रमश चन्द्रागिरि साकोसका कबिन्द्र धाैबन्जार, किशोर सिलवाल, सरला दुलाल, रोशन नकर्मी, बिमला पोखरेल, धर्मेन्द्र महर्जन, बिपना महर्जन, नारायण बखती, ज्ञान दास महर्जन, शन्तुमाया महर्जन र गगन श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको १५ सदस्यीय पदाधिकारीहरू सर्वसम्मत चयन भएको बताइएको छ।
सहकारी अभियानमा नविनतम् विषयहरुको प्रवर्द्धन र अवलम्बन गर्ने, व्यवस्थापनको क्षमता स्तर, कार्यसम्पादन स्तर र योगदानको स्तरलाई अभिवृद्धि गर्ने र सहकारी संस्थाहरुको अभ्यासहरुमा एकरुपता कायम गर्ने उद्देश्य राखेर २०७६ साल जेठ ६ गते चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित १५ वटा सहकारी संस्थाहरुका कार्यकारी प्रमुखहरुको पहलमा स्थापना भएको थियो ।













