असोज ५ र ६ गते मच्छेगाउँमा देशभरका लाखे नाच प्रदर्शनी गरिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच प्रदर्शनी यसपटक असोज पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने उक्त प्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीका लागि लाखे ल्याइनेछ ।

‘आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं’ नाराका साथ यसपटक असोज ५ र ६ गते लाखे प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

सो लाखे नाच प्रदर्शनीका लागि असोज १ गतेसम्म दर्ता गरिसक्नुपर्ने जनाइएको छ।

कार्यक्रमका क्रममा लाखे नाचमा सहभागीहरू लगायत विभिन्न विधामा क्रियाशील ख्याती प्राप्त व्यक्तिहरूको सम्मान गरिने बताइएको छ। २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले माैलिक संस्कृति जगेर्ना क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

गत वर्ष विभिन्न जिल्लाका ४२ समुहले लाखे नाच प्रदर्शनीको सहभागिताका लागि नाम दर्ता गराएका थिए।


One thought on “असोज ५ र ६ गते मच्छेगाउँमा देशभरका लाखे नाच प्रदर्शनी गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *