भदाै २५ गतेबाट रिद्धि सिद्धि यातायातले दहचोक-गुर्जुधारा-रत्नपार्क रूटमा बस सञ्चालन गर्ने

Thankot Times

थानकोट ।

रिद्धि सिद्धि यातायातले चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित खहरेबाट बलम्बु हुँदै रत्नपार्कसम्म यातायात सेवा सुरू गर्ने भएको छ ।

भोलि (सोमबार) बाट यो यातायातले  दैनिक ५ वटा बस नियमित रूपमा सञ्चालन गर्न लागेको संस्थाका कार्यकारी प्रमुख नेत्रविनोद लुँइटेलले जानकारी दिए ।

कार्यकारी प्रमुख लुँइटेलले सो रूटमा गुड्ने रिद्धि सिद्धिका बसबमाट प्रदान हुने सेवाको सम्बन्धमा कुनै कमजोरी पाइएमा फोन वा इमेलबाट सूचना दिन समेत सेवाग्राहीहरूसँग अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *