वडाध्यक्षको निधनपछि महर्जनलाई काठमाडाैं महानगर-१६ कार्यवाहक अध्यक्षको जिम्मेवारी
थानकोट ।
काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।
सोमबार भएको महानगर प्रमुख स्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।
सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।
वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते उपचारका क्रममा निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।












