बूढानीलकण्ठमा असोज २ बाट केबल-तार व्यवस्थापन कार्य सुरु हुँदै, चन्द्रागिरिमा कहिलेबाट ?

Thankot Times

थानकोट ।

बूढानीलकण्ठ नगरपालिका भित्र अव्यवस्थित रूपमा रहेका केबल तारको व्यवस्थापन कार्य सुरु हुने भएको छ ।

नगरले एक सूचना जारी गर्दै अव्यवस्थित केबल तार सम्बन्धी कार्यदल समितिको मिति २०८०।०५।२१ गतेको बैठकको निर्णय बमोजिम आसोज ०२ गते बाट बूढानीलकण्ठ मुख्य सडकका केबल तारहरु व्यवस्थापन गर्न लागिएको जनाएको छ।

नगरले सूचनामा असोज २ गते बिहान १० बजेबाट न्यूरो हस्पिटल गेट, बाँसबारी हुँदै ब‍ूढानीलकण्ठ मन्दिर मेनरोड क्षेत्रमा व्यवस्थापन कार्य सुचारु गरिने हुदाँ प्रत्येक सेवा प्रदायक संस्थाहरुबाट कम्तिमा दुई जना कर्मचारीहरू र केबल तार व्यवस्थापनमा चाहिने आवश्यक उपकरणहरू सहित अनिवार्य उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *