चन्द्रागिरि केबलकारको टिकटमा आज बुवालाई ५० प्रतिशत छुट !
थानकोट ।
नेपालमा आज बुवाको मुख हेर्ने पर्व मनाइँदैछ ।
बुवा दिवंगत भएकाका सन्ततिहरू तीर्थस्थलमा पिताको नाउँ श्राद्ध गरी यो पर्व मनाउँदै छन् भने बुवा जिवितै हुनेहरू विभिन्न तरिकाले खुसीयाली साटासाट गर्ने क्रममा रहेका छन् ।
चन्द्रागिरि केबलकारले पनि बुवाको मुख हेर्ने दिनलाई थप यादगर बनाउने अफर ल्याएको छ ।
चन्द्रागिरि हिल्सका अनुसार आज बुवालाई चन्द्रागिरि हिल्स घुमाउन लैजाने छोरा छोरीले टिकटमा ५० प्रतिशत छुट पाउने जनाएको छ । यो छुट बुवाले काटेको टिकटमा मात्रै लागु हुने बताइएको छ भने ८० वर्ष भन्दा माथि उमेर समुहका बुवाले निःशुल्क रूपमा केवलकारको टिकट पाउने बताइएको छ।
आज बुवालाई चन्द्रागिरि हिल्स घुमाउन लैजाने छोरा छोरी साथमा हुनेले मात्रै टिकटमा ५० प्रतिशत छुट पाउने चन्द्रागिरि हिल्सले सूचनामार्फत जानकारी दिएको छ ।













