कीर्तिपुरमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने १ व्यक्ति पक्राउ
थानकोट ।
कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने १ व्यक्तिलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।
सिन्धुपालचोकको बाह्रविसे नगरपालिका–७ घर भई कीर्तिपुर नगरपालिका पाँगा बस्ने २० वर्षीय मिलन थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाको साथबाट ३७०० थान एनसेलको सिमकार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिको नागरिकता २७ थानसहित पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।











