तीजका दिन महिलाहरूका चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट
थानकोट ।
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा चन्द्रागिरि केबलकारले टिकटमा सहुलियत दिने भएको छ ।
यस वर्ष असोज १ गते सोमबार मनाइने तीज पर्वका अवसरमा चन्द्रागिरि हिल्सले महिलाहरूका लागि बिहान ८ बजेबाट साँझ ५ बजेसम्म टिकट दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले जनाएको छ ।
यद्यपी साँझ ५ बजेबाट बेलुकी ९ बजेसम्म प्रति टिकट २ रूपैयाँको आरती विशेष टिकट अफर भने यथावत रहेको बताइएको छ ।













