अब ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने भएका छन्।

राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

यसअघि विभागमा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो।

गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानीको शुल्क पनि  ५ हजार रुपैयाँ नै बनाएर त्यही राहदानी दिइरहेको थियो।

अहिले ६६ पृष्ठको राहदानी सकिएको छ। अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ।

आइतबारसम्म आवेदन दिएकाहरूले पनि ६६ पृष्ठको राहदानी पनि पाउने छन्।  

378523147_619724230347409_1845839332838960345_n-1695019653.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ