काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा हरि घिमिरे, सदस्यमा चन्द्रागिरिका कृष्ण पराजुली

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाभित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाडौं फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै संघले जेष्ठ सदस्य फोटोग्राफर तथा महिला सदस्य फोटोग्राफरहरुलाई सम्मान गरेको छ ।

त्यसैगरी ८ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
हरि घिमिरे अध्यक्षसहित १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्य समितिमा अध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पण्डित, कोषाध्यक्षमा सुशिल ज्ञवाली र सह- सचिवमा रणबहादुर श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।
नयाँ कार्य समिति सदस्यहरुमा चन्द्रागिरि नगरपालिकाका कृष्ण पराजुली, हरि ज्ञवाली, किशोर रिजाल, कालिका प्रसाद रिमाल, माधवप्रसाद तिमल्सिना, राजकुमार बजगाईं, बसन्त जोशी, मनिस तमखु, मनिष तामाङ, भक्तराज श्रेष्ठ, अभिन माझी, चन्द्रलाल राई रहेका छन् ।
निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले पेशागत हक हितलाई संरक्षण गरी अझ मर्यादित र सम्मानित पेशा बनाउन नयाँ कार्य समितिले प्रतिवद्धताका साथ कार्य गर्ने जनाए । अधिवेशनले निर्विरोध निर्वाचित गराउँदा नै एकताको सन्देश दिएको शक्तिले फोटोग्राफी पेशालाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष घिमिरेले भने, ‘कार्य समितिले सम्पूर्ण फोटोग्राफरहरुको प्रतिनिधित्व गर्नुका साथै सबैको भावनालाई अवश्य कदर गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *