जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ

Thankot Times

थानकोट ।

प्रहरीले काठमाडाैंको शंखरापुर नगरपालिका-२ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रोहन गुरुङ समेत १८ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । य

स सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ