मखन गल्लीमा इन्द्रजात्रा हेर्न गएका १७ वर्षीय किशोरको धारिलो हतियार प्रहार हत्या
थानकोट ।
काठमाडौंको न्यूरोड मखन गल्लीस्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ ।
इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भएका सनी कार्कीको हत्या भएको हो ।
गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएका कार्कीलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कुमोध ढुंगेलले बताए ।













