दाेश्राे मातातीर्थ गाेल्डकप: साेल्टी नेपालकाे जितमा प्रकाश थापामगरकाे ४ गाेल

Thankot Times

थानकोट ।
शनिबारबाट चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा सुरु भएकाे दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा साेल्टी नेपाल क्लबले विजयी सुरुवात गरेकाे छ ।
प्रतियोगिताकाे उद्घाटन खेलमा साेल्टी नेपाल क्लबले युनिक फुटबल क्लबलाई ६-१ ले पराजित गर्याे ।
साेल्टीका लागि प्रकाश थापामगर एक्लैले ४ तथा अनिल चाैधरी र विजय लामाले समान १- १ गाेल गरेका थिए । युनिकका लागि कविन्द्र तामाङले १ गाेल गरे ।

जितसँगै साेल्टी नेपालले दाेश्राे चरणमा स्थान पक्का गरेकाे छ ।
अब साेल्टीले दाेश्राे चरणमा असाेज २८ गते समतामूलक फुटबल क्लब र सिद्धिकाली क्लबकाे विजेतासँग खेल्नेछ ।
यी दुईबीचकाे खेल आगामी मंगलबार दिउँसो २ बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत भाेलि आइतबार कुर्द्धन र वाणस्थली क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यसअघि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रतियोगिताकाे उद्घाटन गरेका थिए ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे ३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *