नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।
१९औं एसियाली खेलकुदः कराँतेमा नेपालकी एरिका गुरुङले चुमिन ऐतिहासिक रजत पदक
थानकोट ।
कराँते खेलाडी एरिका गुरुङले चीनको हान्झाउमा जारी एसियाली खेलकुदको कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छिन् ।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि गुरूङ रजतमा रोकिएकी हुन् ।
यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।












