दोश्रो मातातीर्थ गोल्डकपः आज सिद्धिकाली र समतामुलकबीच खेल हुने
थानकोट ।
गत शनिबारबाट सुरु भएको दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।
प्रतियोगिता अन्तर्गत आज सिद्धिकाली फुटबल क्लब र समतामुलक फुटबल क्लब आमुने सामुने हुँदैछन् ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
यसअघि आइतबार सम्पन्न प्रतियोगिताको दोश्रो खेलमा वाणस्थली फुटबल क्लबमाथि ५-० को जित दर्ता गर्दै कुर्दनले दोश्रो चरणमा स्थान सुरक्षित गरेको छ ।
१९ टोली सम्मिलित नकआउट फुटबल प्रतियोगिता कार्तिक ३ गते सकिनेछ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ३ लाख रूपैयाँ प्राप्त गर्नेछ ।












