जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु
थानकोट ।
जिल्ला अदालत काठमाडौंमा आजदेखि पारिवारिक इजलास सुरु गरिएको छ ।
सोमबार बिहान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।
पारिवारिक इजलासले महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको छिटो न्याय निरूपण गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।
आउँदा दिनमा अरू ठाउँमा पनि यस किसिमका इजलास विस्तार गरिने उनले बताए ।
उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरूले पनि यसको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्नुपर्नेमा जोड दिए ।
प्रधानन्यायाधीश श्रेष्ठले चापलाई हेरेर आउँदा दिनमा मानाचामल, सम्बन्ध बिच्छेदलगायत मुद्दा पनि पारिवारिक इजलासबाट निरूपण गरिने बताए ।











