दोश्रो मातातीर्थ गोल्डकपः गणेशमान स्मृति र ढाक्सी प्रगतीशीलको विजयी सुरूवात

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा गणेशमान स्मृति फुटबल क्लब र ढाक्सी प्रगतीशील युवा क्लबले विजयी सुरुवात गरेका छन् ।

मंगलबार प्रतियोगिताका दुई खेलमा सम्पन्न हुँदा ढाक्सी प्रगतीशील युवा क्लबले फारभिजन युथ माथि ४-० को सहज जित दर्ता गर्यो ।

दोश्रो खेलमा गणेशमान स्मृति फुटबल क्लबले डी आर फुटबल क्लबमाथि ३-० को एक पक्षीय जित हासिल गर्यो । ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत बुधबार पनि २ खेल हुनेछन् ।

जसअनुसार दिनको १ बजे स्टार इलाभेन फुटबल क्लबले वर्णगंगा फुटबल क्लबको सामना गर्नेछ । यसैगरी अपरान्ह ३ बजे हुने दिनको दोश्रो तथा अन्तिम खेलमा क्लीन भिजन क्लबले  एस वाइ क्लबको सामना गर्नेछ ।

३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *