सतुंगलमा रहेको एक गोदाममा वाणिज्य विभागको छापा
थानकोट ।
चन्द्रागिरि नगरपालिका सतुगंलमा रहेको एक गोदाममा वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ ।
सो गोदाममा चिनी भएको आशंका गरिएको छ । उक्त गोदाममा विभागको टोलीले बिहीबार दिउँसो सिल लगाएको छ ।
यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।
विभागले चिनी कालोबजारी गरेको अभियोगमा असोज ८ गते कुलेश्वरस्थित गुह्वेश्वरी ट्रेड लिंकको गोदाममा सिलबन्दी गरेको थियो ।
सो गोदाममा ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा बिक्रेतालाई बिक्री गर्दै आएको पाइएपछि गोदाममा सिलबन्दी गरिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताएका थिए ।
चाडपर्व नजिकिएसँगै बजारमा चिनीको माग ह्वात्तै बढेको माैका छोपी व्यापारीहरूले चिनीमा कालोबजारी गरिरहेको आशंकमा विभागले सक्रियता देखाइरहेको छ ।













