सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Thankot Times

थानकोट।

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो । 

छापावाल सुन तोलामा एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *