दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताः भकुण्डेचाैर र ब्लुबेल तेस्रो चरणमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा शनिबारबाट दोश्रो चरणका खेलहरू सुरु भएका छन् ।

प्रतियोगिताको दोश्रो चरणअन्तर्गत शनिबार सम्पन्न खेलहरूमा क्रमश छिमेकी भकुण्डेचाैर फुटबल क्लब तथा ब्लुबेल फुटबल क्लबले विजयी सुरुवात गरेका छन् ।

शनिबार सम्पन्न दिनको पहिलो खेलमा भकुण्डेचौर युवा क्लब्नले र सेतीदेवी युवा क्लबको चुनाैती २-१ ले पन्छायो । खेलमा १-० ले पछि परेको भकुण्डेचाैरले उत्कृष्ठ पुनरागमन जनाउँदै खेलमा २-१ को जित दर्ता गरेको हो ।

यसैगरी शनिबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा ब्लुबेल फुटबल क्लबले गणेशमान सिंह स्मृति फुटबल क्लबमाथि ३-० गोलको एकपक्षीय नतिजा निकाल्यो ।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार समतामुलक फुटबल क्बल र सोल्टी नेपाल तथा कुर्द्धन फुटबल क्लब र ढाक्सी प्रगतीशील फुटबल क्लबबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *