दोश्रो मातातीर्थ गोल्डकपः आज सोल्टी र समतामूलक तथा कुर्द्धन र ढाक्सी प्रगतीशील बीच खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा आजपनि दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत दिनको पहिलो खेलमा दिउँसो १ बजे सोल्टी नेपाल क्लबले समतामूलक फुटबल क्लबको सामना गर्नेछ ।
यसैगरी, दोश्रो खेलमा अपरान्ह ३ बजे कुर्द्धन फुटबल क्लबले ढाक्सी प्रगतीशील फुटबल क्लबको सामना गर्ने तालिका रहेको छ ।
१९ टोली सम्मलित प्रतियोगितामा हिजो शनिबारबाट दोश्रो चरणका खेलहरू सुरु भएका हुन् ।
जस अन्तर्गत शनिबार सम्पन्न खेलहरूमा क्रमशः छिमेकी भकुण्डेचाैर फुटबल क्लब तथा ब्लुबेल फुटबल क्लबले विजयी सुरुवात गरेका छन् ।
तीन लाख रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको फाइनल कार्तिक ३ गते हुने तालिका रहेको छ ।












