दोश्रो मातातीर्थ गोल्डकपः सोल्टी नेपाल र कुर्दन सेमीफाइनलमा

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा आज आइतबार सम्पन्न खेलहरूमा क्रमश सोल्टी नेपाल क्लब र कुर्दन फुटबल एकेडेमीले जित हात पार्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेका छन् । 

प्रतियोगिता अन्तर्गत आज सम्पन्न दिनको पहिलो खेलमा सोल्टी नेपाल क्लबले समतामूलक फुटबल क्लबको चुनाैती सडेन डेथमा ६-५ गोलले पराजित गरेको छ । जितसँगै सोल्टी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । सोल्टीले सेमीफाइनलमा कार्तिक १ गते भोली हुने स्टार ११ र  भकुण्डेचाैरबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यसैगरी आइतबारनै सम्पन्न दोश्रो खेलमा कुर्दन फुटबल एकेडेमीले ढाक्सी प्रगतीशील फुटबल क्लबको चुनाैती १-० ले पन्छायो । 

जितसँगै कुर्दन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । सेमीफाइनलमा कुर्दनले कार्तिक १ गते भोली हुने स्वतन्त्र युवा क्लब र ब्लु-बेल फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ । 

प्रतियोगिता अन्तर्गत भोलि सोमबार दिनको पहिलो खेलमा दिउँसो १ बजे  स्टार ११ फुटबल क्लब र भकुण्डेचाैर तथा दोश्रो खेलमा ब्लुबेल फुटबल क्लब र स्वतन्त्र युवा क्लबबीच खेल हुनेछ । 

तीन लाख रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको फाइनल कार्तिक ३ गते हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *