दोश्रो मातातीर्थ गोल्डकपः सेमीफाइनलमा भिड्दै कुर्दन र स्वतन्त्र यूथ तथा सोल्टी नेपाल र स्टार ११

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दुवै सेमीफाइनल खेल आज हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा दिउँसो १ बजे स्टार ११  फुटबल क्लबले सोल्टी नेपालको सामना गर्नेछ । स्टार ११ भकुन्डेचाैर तथा सोल्टी नेपाल समतामुलकलाई क्वार्टरफाइनलमा स्तब्ध बनाउँदै प्रतियोगिताको अन्तिम ४ मा स्थान सुरक्षित गर्न सफल भएका थिए ।

यसैगरी दोश्रो सेमीफाइनलमा दिउँसो ३ बजे सोही मैदानमा कुर्दन फुटबल एकेडेमीले स्वतन्त्र युथ क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।

क्वार्टरफाइनलमा कुर्दनले ढाक्सी प्रगतीशीललाई र स्वतन्त्र युथ क्लबले ब्लुबेललाई पराजित गर्दै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका थिए ।

तीन लाख रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको फाइनल भने कार्तिक ३ गते शनिबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *