चन्द्रागिरि नगर प्रहरीको नतिजा प्रकाशित, कार्तिक १४ गते नियुक्ति, इन्स्पेक्टरका सबै उम्मेदवार फेल

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको परीक्षाफल प्रकाशित गरेको छ ।

नगर प्रहरी करारमा भर्नाका लागि गत असार ५ गते सूचना प्रकाशित गरि दरखास्त आह्वान गरेको नगरपालिकाले विभिन्न परीक्षा तथा अन्तर्वातामा उत्तीर्ण भएका उम्मेदवारहरू मध्ये सफल उम्मेदवारहरू तथा वैकल्पिक उम्मेदवारहरूको मंगलबार साँझ नाम प्रकाशित गरेको हो ।
उत्तीर्ण उम्मेदावरहरूले कार्तिक १४ गते नियुक्ति पाउने बताइएको छ।

नगरपालिकाले छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ जना, नगर सहायक प्रहरी निरीक्षक चौथो तहमा एक जना र जवान पदमा ८ जना महिला सहित २३ जना नगर प्रहरीका लागि कुल २५ पदका लागि २९९ जनाले आवेदन पेश गरेका थिए ।

यद्यपी नगर प्रहरी निरीक्षक पदका लागि दरखास्त पेश गरी परीक्षामा सहभागी भएका सबै उम्मेदवार उनुतीर्ण भएका छन् ।

हेराैं चन्द्रागिरि नगर प्रहरी सेवाका लागि सिफारिस भएका उम्मेदवारहरूको नामः


One thought on “चन्द्रागिरि नगर प्रहरीको नतिजा प्रकाशित, कार्तिक १४ गते नियुक्ति, इन्स्पेक्टरका सबै उम्मेदवार फेल

  1. उमेरको हद नराखेको भए हामी प्रहरी निरीक्षक को लागि उम्मेदवार हुने थियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ