मातातीर्थबाट यसकारण समातिए मोटरसाइकलमा हुँइकिएका २२ वर्षीय श्रीकृष्ण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ किलोसहित मकवानपुर थाहा नगरपालिका-९ घर भएका २२ वर्षीय श्रीकृष्ण बललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मातातीर्थबाट खटिएको प्रहरीले बा.प्र०२-०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार बललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भएका २६ वर्षीय देवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *