दोश्रो मातातीर्थ गोल्डकपको उपाधीका लागि कुर्दन र स्टार ११ बीच प्रतिस्पर्धा हुने
थानकोट ।
दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता उत्तरार्ध उन्मुख भएको छ ।
बुधबार सो प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलहरू सम्पन्न भएका छन् । जसअनुसार पहिलो सेमीफाइनलमा स्टार ११ क्लब सोल्टी नेपालको चुनाैती ३-१ ले पन्छाउँदै उपाधी नजिक पुगेको छ ।
यसैगरी दोश्रो सेमीफाइनलमा कुर्दन फुटबल एकेडेमीले स्वतन्त्र युवा क्लबमाथि सानदार जित निकाल्दै उपाधि नजिक पुग्यो । निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि सडेन डेथमा कुर्दनले बाजी मार्दै उपाधी नजिक पुगेको हो । सो खेलमा कुर्दन ५-४ ले विजयी भयो ।
अब तीन लाख रूपैयाँ पुरस्कार राशिसहितको उपाधीका लागि कुर्दन र स्टार ११ शनिबार दिउँसो २ बजे आमुने सामुने हुनेछन् सो अघि सोही दिन बिहान ९ बजे सेमीफाइलनमा पराजित सोल्टी नेपाल र स्वतन्त्र युवा क्लबबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
प्रतियोगिताका उपविजेताले नगद २ लाख रूपैयाँ तथा शिल्ड पाउने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रूपैयाँ हात पार्नेछ ।
व्यक्तिगत विधातर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।
चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातीर्थस्थित फुटबल मैदानमा ‘नाइन ए साइड फर्म्याट’ मा प्रतियोगिता भइरहेको छ ।
२४ टोली सम्मिलित प्रथम संस्करणको मातातीर्थ गोल्डकपको उपाधी किसिपिडी युथ क्लबले हात पारेको थियो । यसपटक भने १९ टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।












