छैठाैं नैकाप गोल्डकपः महादेव यूथ क्लब र वाणस्थली यूथ सोसाइटी दोश्रो चरणमा
थानकोट ।
छैठाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगितामा महादेव यूथ क्लब र वाणस्थली यूथ सोसाइटीले सुखद सुरुवात गरेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पुल डी मा रहेका कार्की यूथ क्लब र महादेव यूथ क्लबबीचको खेलमा महादेव यूथ ३-२ ले विजयी भयो ।
यस्तै, बुधबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा वाणस्थली यूथ सोसाइटीले सेतीदेवी यूथ क्लबको चुनाैती पन्छाउन सडेन डेथको सहारा लिनपर्यो । खेलको नियमित अवधिमा दुवै पक्षबाट समान ३-३ गोल भएपछि खेलको नतिजा सडेन डेथबाट निकालिएको थियो जहाँ वाणस्थलीले ४-३ ले बाजी मार्यो ।

प्रतियोगिता अन्तर्गत बिहीबार पनि २ वटा खेल हुने तालिका रहेको छ । जसअनुसार दिनको ३ बजे पुल बी मा रहेका सन्तोष फुटबल क्लब र न्यू चन्द्रसूर्यबीच स्पर्धा हुनेछ ।
सो अघि दिउँसो १ बजे पुल सी मा रहेका ब्लुबले फुटबल क्लब र बिजी फुटसल क्लबबीच खेल हुनेछ ।
ब्लुबेल साबिकको उपविजेता टोली हो ।












