नेकपा एमालेमा साढे पाँच लाख जनाले पार्टी सदस्यता नवीकरण गरे

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को पार्टी सदस्यता साढे पाँच लाख जनाले नवीकरण गरेका छन् ।

हालसम्म देशभित्र साढे पाँच लाख जनाले पार्टी सदस्यता नवीकरण गरेको एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरूको भने नवीकरण प्रमाणीकरण गर्न बाँकी छ ।

“हाललाई देशभित्र नवीकरण गरेका साढे पाँच लाख सदस्य प्रमाणीकरण गरेका छौँ,” उनले भने, “भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरूको प्रमाणीकरण गर्न बाँकी छ ।”

एमालेले ०८० लाई अधिवेशनको वर्ष भन्दै पार्टी सदस्यता नवीकरण गराएको थियो ।

यस्तै, असोज ३० गते बसेको संगठन विभागको बैठकबाट सदस्यता स्थानान्तरण कार्य खुला गर्ने निर्णय गरिएको छ । गएको साउनदेखि सदस्यता स्थानान्तरण रोकिएको थियो ।

सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म गर्न सक्ने उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *