भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ ।

मंगलबार बिहान ९ सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ