दोश्रो मातातीर्थ गोल्डकपः उपाधिका लागि आज मैदान उत्रँदै कुर्दन र स्टार ११
थानकोट ।
दोश्रो मातातीर्थ गोल्डकपको उपाधि भिडन्त आज हुँदैछ ।
बिहान १० बजे तेस्रो स्थानका लागि खेल हुने प्रतियोगिताको फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
तेस्रो स्थानका लागि सोल्टी नेपाल र स्वतन्त्र युवा क्लबबीच हुनेछ । सोल्टी सेमीफाइनलमा स्टार ११ सँग पराजित भएको थियो भने स्वतन्त्र युवा क्लब कुर्दन फुटबल एकेडेमीसँग सडेन डेथमा सेमीफाइनलमा पराजित भएको थियो ।
यो खेलको विजेताले नगद १ लाख रूपैयाँ पुरस्कार हात पार्नेछ ।
दिउँसो ३ बजे हुने फाइनल खेलमा कुर्दन फुटबल एकेडेमी र स्टार ११ आमुने सामुने हुनेछन् । फाइनल खेलको विजेताले नगद ३ लाख रूपैयाँ प्राप्त गर्नेछ । पराजित टोलीको पोल्टामा २ लाख रूपैयाँ पर्नेछ ।
व्यक्तिगत विधातर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा असोज २० गतेबाट सुरु भएको प्रतियोगितामा १९ टोली सम्मिलित थिए ।










