छैठाैं नैकाप गोल्डकपः आज पहिलो चरणका अन्तिम दुई खेल हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी छैठाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार पहिलो चरणका अन्तिम दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गतको पहिलो चरणको अन्तिम खेलमा पुल ए मा रहेको ल्याक्टो लक्ष्यले बार्सा नेपालको दिउँसो ३ सामना गर्नेछ ।
सो अघि दिउँसो १ बजे पुल डी मा रहेका बीबी गोर्खाज फुटबल क्लब र गणेशदेवी युथ क्लबबीच खेल हुनेछ ।
दोश्रो चरणका खेलहरू भने कार्तिक १४ गतेबाट सुरु हुनेछन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलहरूमा क्रमशः ब्लुबेल फुटबल क्लब र न्यू चन्द्रसूर्य क्लब विजयी भएका छन् ।
२७ टोली सम्मिलित प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ हात पार्नेछ ।











