दसैं बिदामा पनि थानकोट क्षेत्रमा केही बैंक खुला रहने, कुन बैंकको कुनकुन शाखाबाट कारोबार हुन्छ ?
थानकोट ।
बैंक तथा वित्तीय संस्थाहरुले दसैंमा पनि सेवा दिने भएका छन् । आज कात्तिक ४ गते फुलपातीदेखि अधिकांश क्षेत्रमा दसैं विदा सुरु भएको छ । तर, दशैं विदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । विशेष गरी वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले विदाका दिनमा पनि बैंक काउन्टर खुला राखेका हुन् ।
हेरौं कुन बैंकले कुन शाखा कति बजेसम्म खोल्दैछन्ः
प्राइम कमर्सियल बैंक
प्राइम बैंकको कात्तिक ५ गते अष्ठमीको दिन विराटनगर, इटहरी, धरान, विर्तामोड, जितपुर, बारा, जनकपुर, नयाँ सडक, चावहिल, मंगलबजार, भक्तपुर, हेटौंडा, पोखरा बुटवल, विरेन्द्रनगर र लम्की शाखा खुला रहनेछन् । त्यस्तै, कात्तिक ६ गते महानवमीको दिन ट्राफिक चोक, पकली, दमक, विरगञ्ज, नयाँ बानेश्वर, सामाखुशी, पुल्चोक, गठ्ठाघर, नारायणगढ, न्यूरोड पोखरा, नेपालगञ्ज, छिन्चु, अत्तरीया शाखाहरु खुल्नेछन् ।
कात्तिक ८ गते एकादशीको दिन विराटनगर, इटहरी, धरान, विर्तामोड, विरगञ्ज, न्यूप्लाजा, कालिमाटी, इमाडोल, थिमी, हेटौंडा, पल्पारोड बुटवल, महेन्द्रनगरका शाखाहरु खुल्नेछन् । साथै, कात्तिक ९ गते ट्राफिक चोक, पकली, दमक, जनकपुर, सोह्रखुट्टे, कलंकी, पाटन, भक्तपुर, भरतपुर, पृथ्वीचोक, होराइजनचोक र धनगढी शाखाहरु खुल्ला रहने बैंकले जनाएको छ । यी शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।
एनआइसी एसिया बैंक
यस बैंकको विराटनगर, विर्तामोड, दमक, विरगञ्ज, जनकपुर, भक्तपुर, पुल्चोक, कमलादी, न्यूरोड, थानकोट, नारायणगढ महेन्द्रपुल, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाहरु कात्तिक ५, ६, ८ र ९ गते खुला हुनेछन् । यी शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला हुने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
यस बैंकको कात्तिक ५ गते अष्ठमीको दिन विराटनगर, धरान, बेलबारी, जनकपुर, बर्दिवास, नक्साल, टेकु, सूर्यविनायक, गौशाला, पुल्चोक, अमरसिंहचोक, बेनीबजार, महेन्द्रपुल, नेपालगञ्ज, तुल्सीपुर, बुटवल, बिरेन्द्रनगर, धनगढी र अत्तरीया शाखाहरु खुला रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको कात्तिक ५ गते गाइघाट, धरान, चारआली, इनरुवा, ट्राफिक चोक, विराटनगर, जनकपुर स्टेशन, गोलाबजार, हेटौंडा बैंक रोड, न्यूरोड, नारायणघाट, पानीपोखरी, कलंकी, जावलाखेल, शंखमुल, चाबहिल चोक, कमलादी, बाग्लुङ, दमौली, चिप्लेढुङ्गा, बेसीशहर, भैरहवा, बुटवल, नेपालगञ्ज, घोराही, तुल्सीपुर, तम्घास, तानसेन, सुर्खेत, डडेलधुरा, महेन्द्रनगर र धनगढीका शाखाहरु खुल्ला हुनेछन् ।
त्यस्तै, कात्तिक ६ गते धुलाबारी, विराटनगर, भद्रपुर, वीरगञ्ज, लालबन्दी, जनकपुर, लहान, भरतपुर, ठमेल, कोटेश्वर, पोखरा, बुटवल, नेपालगञ्ज, लम्की र धनगढी शाखा खुला हुनेछन् । कात्तिक ७ गते कान्तिपथ शाखा खुला हुनेछ । कात्तिक ८ गते विराटनगर, वीरगञ्ज, जनकपुर, लहान, धापासी, कमलादी, भैरहवा, नेपालगञ्ज, टिकापुर, अत्तरिया, धनगढी शाखा खुल्ला रहनेछ । साथै, कात्तिक ९ गते विराटनगर, गाईघाट, धुलाबारी, विर्तामोड, इटहरी, वीरगन्ज, लहान, राजविराज, प्रगतिपथ, हेटौंडा, तीनकुने, नक्साल, पोखरा, बुटवल, नेपालगञ्ज, घोराही, तम्घास, सुर्खेत र महेन्द्रनगर शाखाहरु खुला रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि १ बजेसम्म खुला हुने बैंकले जनाएको छ ।
एभरेष्ट बैंक
यस बैंकको कात्तिक ५ गते अष्ठमीको दिन बालाजु, न्यूरोड, लगनखेलका शाखा कार्यलयहरु बिहान १० बजेदेखि १ ः३० बजेसम्म खुला रहनेछन् ।
प्रभु बैंक
यस बैंकको बबरमहल, कमलादी, कुमारीपाटी, भक्तपुर शाखाहरु कात्तिक ५, ६, ८ र ९ गते बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला रहनेछ । विराटनगर, इटहरी, जनकपुर, विरगञ्ज, पोखरा, नेपालगञ्ज, भैरहवा र धनगढी शाखाहरु कात्तिक ५, ६, ८ र ९ गते १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला रहनेछ ।
सानिमा बैंक
यस बैंकको कात्तिक ५ गते कलंकी, कुमारीपाटी, गोंगबु, गौशाला, नक्साल, नयाँ बानेश्वर, सूर्यबिनायक, इनरुवा, इटहरी, खाँदबारी, गाइघाट, विराटनगर, म्याङ्गलुङ्ग, माई, ताप्लुजुङ, दमक, विर्तामोड, जनकपुर, वीरगञ्ज, लालबन्दी, लहान, बनेपा, हेटौंडा, कावासोती, पोखरा, घोराही, नेपालगञ्ज, बुटवल, वीरेन्द्रनगर, आरगढी, धनगढी महेन्द्रनगर शाखाहरु खुला हुनेछन् ।
त्यस्तै, कात्तिक ६ गते एकान्तकुना, कमलबिनायक, चुच्चेपाटी, न्यूरोड, नक्साल, पुतलीसडक, महाराजगंज, इटहरी, कञ्चनबारी, दमक, धरान, बेलबारी, चन्द्रपुर, बर्दिबास, मिर्चैया, वीरगंज, धादिङ, नारायणगढ, पाँचखाल, गोरखा, बगर, कोहलपुर, तुलसीपुर, सिद्धार्थनगर र धनगढी शाखा खुल्नेछन् ।
कात्तिक ८ गते कान्तिपथ, गठ्ठाघर, जोरपाटी, नक्साल, नयाँबजार, बलम्बु, सातदोबाटो, इनरुवा, गाईघाट, विराटनगर, म्याङ्गलुङ्ग माई, विर्तामोड, कलैया, जनकपुर, नौबिसे, भण्डारा, विरौटा, नेपालगञ्ज, बुटवल, विरेन्द्रनगर र महेन्द्रनगर शाखाहरु खुल्नेछ, नेपाली पैसामा खबर छ ।
साथै, कात्तिक ९ गते कोटेश्वर, कुपण्डोल, टेकु, थिमी, नक्साल, नेपालटार, फैका, इनरुवा, इटहरी, इलाम, कञ्चनबारी, खाँदबारी, विराटनगर, ताप्लेजुङ, बेलबारी, धरान, दमक, विरगञ्ज, राजविराज, लालबन्दी, टाँडी, मलेखु, अमरसिंह, दमौली, जीतपुर, भलवारी, तानसेन, टिकापुर, धनगढी र महेन्द्रनगर शाखाहरु खुला हुनेछन् । यी शाखाहरु बिहान ११ बजेदेखि २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।
कुमारी बैंक
यस बैंकको कोशी प्रदेशको इटहरी, बरगाछी शाखा कात्तिक ५ गते र विराटनगर र दमक शाखा कात्तिक ५ र ६ गते खुला हुनेछ । त्यस्तै, गण्डकी प्रदेशको लेकसाइड शाखा कात्तिक ५ गते र विरौटा शाखा कात्तिक ६ गते खुला रहनेछ । मधेश प्रदेशको मिर्चौया शाखा कात्तिक ५ गते र विरगञ्ज शाखा कात्तिक ६ गते खुला रहनेछ । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज शाखा कात्तिक ५ गते र सिद्धार्थनगर शाखा पनि कात्तिक ६ गते खुला रहने बैंकले जनाएको छ ।
यता, बाग्मती प्रदेशको न्यूरोड, कुपण्डोल, नारायणगढ शाखा कात्तिक ५ गते र न्यूरोड, सूर्यविनायक शाखा कात्तिक ६ गते खुला हुने बैंकले जनाएको छ । कार्णली प्रदेशको सुर्खेत शाखा कात्तिक ५ गते खुला हुनेछ । सूदूरपश्चिमको धनगढीशाखा कात्तिक ५ गते खुला हुनेछ । यी शाखा १० बजेदेखि १ बजेसम्म खुला हुनेछ ।













