सशस्त्र प्रहरीले चन्द्रागिरि लगायतका स्थानमा सर्वसाधारणलाई बनाइदियो १२७ वटा लिंगेपिङ

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपालले चाडपर्वलाई लक्षित गरी देशभरि सोमबारसम्ममा एक सय २७ वटा लिंगेपिङ हालेको छ ।

एक दशकभन्दा अघिदेखि सशस्त्र प्रहरीले आमसर्वसाधारणलाई मनोरञ्जन होस् भन्ने उद्देश्यले पिङ हाल्दै आएको छ ।

जसअन्तर्गत प्रदेशस्थित बाहिनी मुख्यालय र एकेडेमीमातहत ८७ वटा तथा उपत्यकाका ४० स्थानमा पिङ राखिएको छ ।

उपत्यकामा  नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले एउटा,  नं. १८ निलबाराही गण कीर्तिपुरले दक्षिणकाली, चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाको विभिन्न ६ स्थानमा आठवटा  पिङ हालेका छन् ।

विपत् उद्धार उपत्यका गणले काठमाडौं महानगरपालिकाका पाँच स्थानमा पाँचवटा, नं. २१ दक्षिणकाली गणले ललितपुरका विभिन्न १० स्थानमा १३ वटा तथा नं. २२ गुह्येश्वरी गणले भक्तपुरका आठ स्थानमा १४ वटा पिङ राखेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । ती पिङ दसैँतिहार तथा छठसम्म रहने जनाइएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *