बागमतीका २.३४ प्रतिशत घर पाँच तलेभन्दा ठूला
थानकोट ।
मधेश प्रदेशका अधिकांश घरहरू एकतले भएको पाइएको छ।
राष्ट्रिय जनणना २०७८ को विषयगत तथ्यांक प्रस्तुत गर्ने क्रममा हाल गरिएको घरको आकार तथा आयुसम्वन्धी तथ्यांकमा मधेश प्रदेशमा अधिकांश घरहरू एकतले रहेको देखिएको हो।
मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले छन् भने दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० तलेभन्दा ठूला घर छन्।
पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २.३४ प्रतिशत रहेको छ।
देशभरका घरहरूमध्ये २७ प्रतिशत घरको आयु ४ वर्षको रहेको देखिएको छ।
घरको आयुलाई १२ तह ( एक वर्ष भन्दा कम, १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष ५ देखि ९ वर्ष, ३० देखि ४९ वर्ष, ५० देखि ९९ वर्ष र १०० वर्ष भन्दा माथि) मा वर्गिकरण गरिएको छ सेताेपाटीमा खबर छ ।
देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार (संस्थागत परिवार बाहेक) मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको पाइएको छ।













