चन्द्रागिरि नगरपालिकसँग कतार च्यारिटीकाे बैठक, के-के विषयमा भयाे छलफल ?

Thankot Times

थानकोट ।
मध्यपूर्वी मुलुक कतारमा मुख्यालय रहेको पराेपकारी संस्था कतार च्यारिटीले चन्द्रागिरि नगरपालिकासँग विभिन्न क्षेत्रमा हातेमालाे गर्न इच्छा देखाएको छ ।
मंगलबार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी सम्मिलित बैठकमा कतार च्यारिटीकाे प्रतिनिधिमण्डलले चन्द्रागिरि नगरमा प्राविधिक शिक्षालय निर्माण, फोहोर मैला व्यवस्थापन र पर्यटन क्षेत्रकाे विकास र विस्तारमा सहयोग गर्ने सकरात्मक देखिएको बैठकमा सहभागी भएका नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।

बैठकमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, कतार च्यारिटीको नेपाल योजना प्रमुख इर्शाद अलि शेखका साथै कतार च्यारिटीका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।

साे क्रममा कतार च्यारिटीका योजना प्रमुख शेखले चन्द्रागिरि नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्ने, लक्षित वर्गका लागि व्हील चेयर लगायतका सामाग्री प्रदान गर्ने, विभिन्न वडामा आँखा जाँच शिविर तथा शल्यक्रियाको व्यवस्थापन गर्ने र स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालनार्थ भवन निर्माण गर्ने सम्बन्धमा प्रतिबद्धता जनाएका थिए ।

उनले कतार सरकारसँग समन्वय गरी च्यारिटीले प्रतिबद्धता जनाएका विषय निकट भविष्यमा कार्यान्वयन हुने प्रतिक्रिया दिए ।
कतार च्यारिटी नेपालका विभिन्न स्थानीय तहहरुमा सामाजिक सेवामूलक कार्यहरुमा याेगदान पुर्याउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ